Rule 143
तालीमको व्यवस्था
: (१) सशस्त्र प्रहरी कर्मचारीलाई समयानुकूल कार्यकुशल, दक्ष तथा व्यावसायिक बनाउन आवश्यकता अनुसार तालीममा समावेश गराईनेछ ।
(२) सशस्त्र प्रहरी कर्मचारीलाई तालीमको लागि मनोनयन गर्दा जेष्ठताक्रमको आधारमा गरिनेछ ।
(३) उपनियम (२) बमोजिम आन्तरिक तालीमको लागि मनोनयन गर्दा एकैपटक नियुक्ति वा बढुवा भएका सशस्त्र प्रहरी कर्मचारीलाई समान अवसर प्राप्त हुने गरी योग्यताक्रमको आधारमा गर्नु पर्नेछ ।
(४) उपनियम (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनिवार्य रुपमा गर्नु पर्ने तालीम बाहेकका अन्य कमाण्ड वा सो सरहको तालीममा मनोनयन गर्दा तालीममा समाबेश गर्नु पर्ने सङ्ख्याको दोब्बर सङ्ख्यामा सशस्त्र प्रहरी अधिकृतहरुलाई ज्येष्ठताक्रमको आधारमा पूर्व परीक्षामा सहभागी गराई त्यस्तो परीक्षामा उत्तीर्ण हुने अधिकृतहरु मध्येबाट जेष्ठताक्रमको आधारमा मनोनयन गरिनेछ ।
(५) उपनियम (४) बमोजिम लिइने परीक्षा सम्बन्धी व्यवस्था तथा सशस्त्र प्रहरी कर्मचारीलाई दिइने तालीमको पाठ्यक्रम, अवधि, तालीम दिने स्थान, प्रशिक्षक एवं अतिथि प्रशिक्षक सम्बन्धी व्यवस्था मन्त्रालयले स्वीकृत गरेको कार्यविधि बमोजिम हुनेछ ।
(६) तालीममा सहभागी सशस्त्र प्रहरी कर्मचारीले तालीम अवधिमा लापरबाही, आफ्नो व्यवसायिक ज्ञान प्रति उदासिनता तथा गैर जिम्मेवारीपना देखाएमा सोको व्यहोरा अभिलेखमा जनाईनेछ ।
(७) उपनियम (६) बमोजिम अभिलेखमा जनाइएका सशस्त्र प्रहरी कर्मचारीलाई पुन एकपटक तालीमको मौका दिइनेछ । यसरी मौका दिँदा समेत निजले लापरबाही, उदासिनता वा गैर जिम्मेवारीपना देखाएमा निजलाई विभागीय कारबाही गरिनेछ ।
(८) तालीम अवधिभित्र प्रशिक्षार्थीको आचरण र चरित्र सम्बन्धी अभिलेख सम्बन्धित तालीम केन्द्रले तयार गरी सोको एक प्रति नियम २६ को उपनियम (२) बमोजिमको कार्यालयमा समेत पठाउनु पर्नेछ ।
(९) तालीममा सहभागि प्रशिक्षार्थीहरुले तालीम लिन आउँदा जाँदा प्रचलित कानून बमोजिम दैनिक तथा भ्रमण भत्ता पाउनेछ ।
(१०) रासन पाउने प्रशिक्षार्थीलाई सम्बन्धित तालीम केन्द्रबाट प्रचलित स्केल बमोजिम रासन दिइनेछ।
(११) सशस्त्र प्रहरी कर्मचारी तीन महिना सम्मको तालीममा जाँदा सो अवधिभरको तलब भत्ता सम्बन्धित कार्यालयबाट एकमुष्ट पेश्की दिइनेछ र तीन महिनाभन्दा बढी अवधिको तालीममा जाँदा तीन महिनाको तलब भत्ता एकमुष्ट पेश्की दिई बाँकी अवधिको पटक पटक गरी सम्बन्धित तालीम केन्द्र मार्फत पाउने गरी पठाइनेछ ।
(१२) आधारभूत तालीम र व्यावसायीक तालीमका प्रशिक्षार्थीलाई तालीमको अवधिमा मासिक पाँच सय रुपैयाँमा नबढाई तालीम भत्ता दिइनेछ ।